अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला नजिक रहेको माछा पसल नजिकै बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । अबैध सम्बन्धबाट जन्मिएको बच्चा हत्या गरेर फालिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । शिशुको शव कुकुरले आधा खाइसकेको अवस्थामा रहेको थियो । बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??