कपिलवस्तु जिल्ला अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव वेचविखन कसुरमा ३० बर्ष कैद र दुई लाख पचास हजार जरिवाना रुपैया, जरिवाना र रु एक लाख पच्चिस हजार रुपैया पिडित महिलाहरुलाई क्षतिपुर्ती दिलाउने फैसला भई फैसलाको ६ वर्ष सम्म फरार रहेका आरने माईला भनिने रुपन्देहीको कञ्चन गाँउपालिकाका मिनबहादुर बिक कामी पक्राउ परेका छन् ।
घटनाक्रम यस्तो छ…….
२०७० सालको कार्तिक महिनाको अन्तिमतिर घरको आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरी जिवन निर्वाह गरीरहेका २ जना महिलालाई राम्रो काम र राम्रो पैसा कमाइन्छ भनी प्रलोभन देखाई २ जना पिडित महिलाहरु परिवर्तित नाम फुलमाया र लक्ष्मीलाई चन्द्रौटास्थित घरबाट हिडाई सोही दिन राति दाङको भालुवाङ्ग स्थित होटेलमा राखी सालिकराम विकले आरने माईला भन्ने मिनबहादुर विक कामीलाई बोलाई यो मेरो भतिजो हो, तिमिहरु यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाईदिन्छन भनि चिनजान गराई सालिकरामले २ जना महिलालाई आरने माईलाको जिम्मा लगाएर आफू उम्किन्छन।
त्यसपछि आरने माईला भन्ने मिन बहादुर बि.कले फुलमाया र लक्ष्मीलाई जागिर, खाना र लवाई खवाईको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगञ्ज हुँदै रुपेडीया नाकाबाट भारतको पंजाव स्थित जालन्धर शहरको फिरोजपुरमा लगी वग्गी नाम गरेको मानिसलाई देखाई “तिमीहरुको मालिक यही हो कामकाज गर्न तयार हुनु” भन्दै जवरजस्ती सादा कागजमा ल्याप्चे लगाईदिई काम पक्का भयो भनी आरने माइलाले गोप्य रुपमा वग्गीलाई भेटी पिडित महिलालाई छाडी आफु समेत बेपत्ता भएका थिए ।
फिरोजपुरका बग्गीले अर्धनग्न महिलाहरु नाच्ने होटलमा लगी तिमीहरु पनि भोलिदेखी यसैगरी नाच्नुपर्छ भनी त्यहाँ रहेका अन्य मानिसले पिडित महिलाहरुको शरीर सुमसम्याउन लागेकोमा किन यसो गरेको भन्दा तिमिहरुलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैया लगेको हो भनेपछि मात्रै उनिहरुले आफुहरु बेचिएको थाहा भएपछि १५(२० दिन बेचिएका महिलाहरुले गर्नुपर्ने काम गरेपछि कोहि नभएको मौका छोपी भागी १८(२० दिनपछि नेपालको कृष्णनगर बोर्डरमा रहेको पुनस्थापना गृहको संरक्षणमा आएपछि २०७० सालको पौष महिनामा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु मार्फत मानव वेचविखन तथा ओसारपसार मद्दा दर्ता गरी अनुसन्धान भएको थियो ।
त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बि।क लाई पक्राउ गरी अनुसन्धान गर्दा आरने माईला भन्ने मिन बहादुर कामीले नै पिडित महिलाहरुलाई आफै भारतको जालन्धरमा लिई गई उतै फरार रहेको खुलेपछि मुख्य कसुरदार मिन बहादुर कामी नै ठहरी कपिलवस्तु जिल्ला अदालतले मानव वेचविखन ओसारपसार ऐन २०६४ अनुसार कैद, जरिवाना र क्षतीपूर्ती भराउने फैसला गरेको थियो ।
पिडित महिलाहरुलाई भारतमा बिक्री गरी सुरुदेखी नै फरार रहेका आरने माईलालाई मुख्य कसुरदार मानी कपिलवस्तु जिल्ला अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव वेचविखन कसुरमा ३० बर्ष कैद र दुई लाख पचास हजार जरिवाना र रु एक लाख पच्चिस हजार रुपैया पिडित महिलाहरुलाई क्षतिपुर्ती दिलाउने फैसला भई फैसलाको ६ वर्ष सम्म फरार रहेका रुपन्देही जिल्ला साविक रुद्रपुर गाविस ३ हालको कञ्चन गाउँपालिका ५ बस्ने आरने माईला भन्ने मिन बहादुर विक कामीलाई ईलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले खोजतलास गर्दा मिति २०७९ पौष ०४ गते दिउँसो सैनामैना नगरपालिका वडा नं ५ बुद्दनगर स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार कार्यालय कपिलवस्तुमा चलान भएका छन ।