अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार भएको भन्ने समाचारले आफुहरुलाई दुखि तुल्याएको बुद्धमावली अटो व्यवसायी समितिले जनाएको छ। समितिले रुपन्देहीको देवदह खैरेनीमा भएको महिला माथिको यौन दुव्र्यवहारमा अटो रिक्साको कुनै संलग्नता नभएको एक प्रेस विज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ । बुद्ध मावली अटो रिक्सा व्यवसायी समितिका अध्यक्ष धनश्याम भण्डारीद्धारा जारी गरिएको विज्ञप्तीमा महिला माथि हुने हिंसा, विभेद र अपमानजनक व्यवहारको घोर भ्रत्सना गरेको छ ।
राज्यको तर्फबाट समेत त्यस्ता गलत कार्यलाई निरुत्साहित गर्ने गरी कदम चाल्न र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न विज्ञप्ती मार्फत माग गरेको छ । गलत कार्यको अन्त्य नभएसम्म समाजको रुपान्तरण हुन नसक्ने, तर बेला बखतमा हुने त्यस्ता हरकतले समाजलाई तंरगीत तुल्याएको प्रति आफुहरुको आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । समितीले यही पौष २ गते भएको घटनालाई लिएर अटोरिक्सा प्रयोग गरी अपहरण शैलीमा गरिएको भन्ने हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार गरिएको भन्ने कलोकल्पित भनाईले अटो व्यवसायी दुखि भएको विज्ञप्तीमा जनाईएको छ । अटो रिक्सा व्यवसायीले नगरेको घटनामा व्यवसायीहरुलाई प्रहरी चौकी सम्म पु¥याएर मानसिक र सामाजिक रुपमा टर्चर गरिएको घटनाले आफुहरुलाई दुखित तुल्याएको प्रेस विज्ञप्तीमा जनाईएको छ । समितीले समाजमा कुनै पनि घटना हुन नदिन आफुहरु प्रतिवद्ध रहेको समेत जनाएको छ । अटो रिक्साको यात्रा सुरक्षित, मर्यादित र भरपर्दो बनाउन आफुहरु सदैव प्रतिवद्ध भएर लागिरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।