रोेट्रयाक्ट क्लबहरूको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने रोट्रयाक्ट सम्मेलनमा नेपाल र भुटानका प्रतिनिधिहरुको सहभागी हुने छन । यही पुस १५ र १६ गते आयोजना हुने सम्मेलनको रोेट्रयाक्ट क्लब अफ तिनाउ सिटीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो। रोेट्रयाक्ट डिआरआर लक्षमण खरेलले २ दिन सम्म चल्ने सम्मेलनमा देशभरका १८० क्लब र भुटानबाट समेत गरि एक हजार बढीको सहभागीता रहने जानकारी दिनुभयो। कार्यक्रममा बक्ताको रुपमा प्रतिनिधि सभा सदस्य माननिय गगनकुमार थापा ,प्बासुदेव घिमिरे, सोविता गौतम प्रदेश सभा सदस्य रहवर अन्सारीको सहभागिता हुने उहाँले बताउनु भयो। रोट्रयाक्ट क्लबहरुको महानपर्व रुपमा राष्ट्रिय सम्मेललाई हरिएको छ । रोेट्रयाक्ट क्लब अफ तिनाउ सिटीका पुर्वअध्यक्ष अनुप पाण्डेयले सम्मेलनको तयारी भईरहेको र भुटानबाट पनि प्रतितिनिधिहरुको सहभागी जाउने जानकारी दिनुभयो । बुटवल क्षेत्रको पर्यटन क्षेत्रको विकास र आर्थिक चलायमानलाई सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो । देशविदेशबाट सम्मेलनमा अथितिहरुले सहभागिता जनाउने भएकाले सम्मेलनले यस क्षेत्रको आर्थिक चलायमानमा फाईदा पुग्ने आयोजकले विश्वास लिएको छ ।
क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले सम्मेलनको तयारीलाई तिव्र पारिएको र विभिन्न उपसमितिहरु गठन गरेर तयारी गरिएको जानकारी दिनुभयो कार्यक्रम राेटयाक्ट डिष्टिका ए डि आर रेशम खण्डका , राेटयाक्ट क्लव अफ बुटवल रामापिथेकसका अध्यक्ष विष्णु घिमिरे लगायतले कार्यक्रम काे बारे जानकारी गरायका थिय कार्यक्रम क्लबका अध्यक्ष मनोरथ अर्यालले सम्मेलनमा करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । क्लबका सचिब सुभेक्षा पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।