स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वले नयाँ पार्टी घोषणा गरेको छ । काठमाण्डौमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी गठन गरेको हो । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका शाह गएको मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित बन्नुभएको थियो ।
आम नागरिकको चाहना र वर्तमान समयको आवश्यकतालाई मध्यनजर गरी देशलाई सही दिशामा अगाडि यो नयाँ पार्टी गठन गरिएको साहले बताउनुभयो ।
भेलाले ५१ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।