उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गर्ने कामको तारिफ गर्न कन्जुस्याइँ गरेपनि दिल खोलेर खबरदारी गर्न सवैलाई अनुरोध गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् आफुलाई बधाई तथा शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै लामिछानेले बेलाबेलामा खबरदारी गरिरहन अनुरोध गर्नुभएको हो।
आफूले जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने भन्दै लामिछानेले जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता जस्तै लाग्ने उल्लेख गर्नुभयो । बाल्यकालदेखि आजसम्म आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारीता भएको र यसलाई निरन्तर निर्वाह गरिरहने बताउनुभएको छ ।
उहाँले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कामको तारिफ गर्न कन्जुस्याइँ गरेहुन्छ तर खबरदारी भने पनि दिल खोलेर गर्नुहोला : गृहमन्त्री लामिछाने
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??