रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर कार्यम्रम सम्पन्न गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बिका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन। सियारी–२ स्थित मैनहिया माविमा भएको शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आँखा रोगसम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनुभयो ।
३२७ जनाले आँखाको जाँच गराइएको र त्यसमध्ये ४५ जनाको मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने उहाँले बताउनुभयो। त्यसै गरी ५ सय बढीले अन्य विभिन्न रोगको जाँच गराएका छन । गाउँपालिकामा नयाँ जनप्रतिनिधी आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो।