spot_img
spot_img
spot_img

छाडा चौपाया गाडीमा बाधेर लतारिएको भन्दै तिब्र आलोचना, अनावश्यक हल्ला फैलाईएको नगरप्रमुखको दावी

spot_img

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागी गाडीमा बाधेर लतारिएको भन्दै यसको तिब्र आलोेचना गरिएको छ। नगर कार्यालयले छाडा चौपाया ब्यवस्थापनका लागि भन्दै चौपायाहरुलाई ट्रकमा बाधेर लतारेको देखेपछि स्थानीय नगरवासीहरुले विरोध जनाएका छन। सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका छाडा चौपायाहरुलाई ब्यवस्थापनको काम शुरु गरेको थियो। छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी क्वारेन्टाइन बनाएर चौपायाहरुलाई राखेर पशु धनिलाई जरिवाना तिराउने र सम्पर्कमा नआउनेको हकमा गौशालाको सहयोगमा ब्यवस्थापन गर्दै आएको छ। बुधबार अबेर राती भने साँढेको उक्त तस्बिरले समाजिक सन्जाल तताएको हो।

यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले यसबारे अनावश्यक हल्ला फैलाईएको नगरप्रमुखको दावी गर्नुभएको छ । उहाँले तस्वीरमा देखाइएको अनुसार घटना नरहेको बताउनुभयो ।। स्थानीय सञ्चारकर्मीहरुलाई स्पष्टीकरण दिदै नगरप्रमुख खानले “बाधिएको चौपाया गाई नभइ साढे हो, उसले अति दुख दिएको थियो, ४–५ जनालाई घाइते समेत बनाएको र साढेलाई लतार्दै लगेको नभइ उ बसेको मात्र हो ।” भन्नुभयो । उहाँले साढे भएपनि त्यसलाई त्यसरी लैजान नहुने बताउँदै यदी कोही दोषी भए कार्यवाही गर्ने दाबी गर्नुभएको छ । खानले फोटोमा रगत जस्तो देखिए पनि त्यो रगत नभई बत्तीको प्रतिबिम्ब भएको बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img