लघुवित्त वीत्तीय संस्था पिडितहरूले बुटवलमा बिरोध प्रदर्शन गरेका छन् । देशका विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर विहिवार प्रर्दशन गरेका हुन । बुटवलको राजमार्ग चौराहा चोकबाट शुरु भएको र्याली, मिलनचोक, हस्पिटल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाएर लगानी गर्दै आएका लघुवित्त वीत्तीय संस्थाहरूले महिलाहरुलाई पिडित बनाएको उनिहरुको दाबी छ। दुर्गम क्षेत्रका महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्त वीत्तीय संस्थाहरूले मिटर ब्याजी रूपमा रकम अशुल गरेर घरबाहर विहिन बनाएको उनिहरुले आरोप लगाएका छन।
लघुवित्त वीत्तीय संस्थाहरुले ऋण दिएर गरिब विपन्न वर्गलाई ऋण दिएर झन गरिबी बनाउने गरेको कोणसभामा बोल्ने बक्ताहरुले बताए। मासिक किस्ता असुली गर्दा सामजिक बदनाम गर्ने,आत्महत्या गर्न प्रेरित गर्नु, गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउममा धम्काउन गरेको उनिहरुले गुनाशो गरे ।
नवलपरासी, रुपन्देही,कपिलबस्तु र दाङबाट आएका एक हजार भन्दा बढि पिडितहरुले बुटवलमा प्रर्दशन सहभागिता रहेको थियो । लघुवित्त वीत्तिय संस्था बिरूद्वको संघर्ष समिति लुम्बिनी प्रदेश संयोजक गगन बहादुर बिकको सभापतित्व र केन्द्रीय संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कोणसभामा केन्द्रीय संघर्ष समितिका उपाध्यक्षद्वय फत्तबहादुर पुन मगर,मणि प्रसाद चौलागाई,केन्द्रीय सचिव रमेश तामाङ,गण्डकी प्रदेश संयोजक नरमदा शाह,प्रदेश नं १ का संयोजक सुशीला थापा लगायतले लघुवित्त वीत्तीय संस्थाहरूले दुर्गम तथा पिछडिएका समुदायका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ऋण लगानी गर्ने र चक्रवर्ती ब्याज सहित अशुल गरेर पिडित बनाएको भन्दै लघुवित्त वीत्तीय संस्था खारेजीको माग गरेका थिए ।