लुम्बिनी प्रदेशका ३ जिल्लाका तीन महिलाको हत्या गर्ने सिरियल किलर भारतीय नागरिक पक्राउ परेका छन् । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेकोअर्घाखाँची प्रहरीले जनाएको छ ।
गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुट्दै आएका ति सिंह दम्पतीलाई प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालका अनुसार यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेका हुुन ।