spot_img
spot_img
spot_img

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

spot_img

देवदह//

देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा आयोजित एक दिने निशूल्क शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो। उहाले देवदह नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई हेरचाह गर्नेलाई सम्मान पनि गर्दै आईरहेको बताउनुभयो। उहाँले क र ख बर्गका अपाङ्गताहरुलाई संघीय सरकारले नै भत्ताको व्यवस्था गरेपनि देवदह नगरपालिकाले (ग) बर्गका अपाङ्गतालाई मासिक ५ सय प्रदान गर्दै आईरहेको बताउनु भयो। उहाले अपाङ्गता भएकाहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो।

कार्यक्रममा बोल्दै अपाङ्ग महासंघको केन्द्रिय सदस्य शावित्रा घिमिरेले अपाङ्गता भएकाको अवस्था पहिचान गरेर त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर यो घुम्ती शिविर आयोजना गरेकोमा देवदह नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाले समान्य समस्यालाई सुरु मै ख्याल नगर्दा पनि पछि ठूलो समस्या भोग्ने पर्ने हुदा समयमै चेकजाच र त्यस बारे जानकारी हुन जरुरी रहेको बताउनुभयो। उहाले यस किसिमका शिविरहरु विभिन्न समयमा आयोजना गर्न स्थानीय सरकारलाई आग्रह समेत गर्नुभयो।

१८ वर्षसम्मका शारीरिक अपाङता भएका बालबालिकाहरुको स्वाथ्य परीक्षण एवं अपाङता पहिचान लागि स्वाथ्य तथा पुनस्थापना घुम्ती शिविरको आयोजना गरिएको हो। देवदह ७ मा रहेको अपाङ्ग समाज सेवा केन्द्रको परिषरमा शिविर संचालन भएको थियो । शिविरमा देवदह नगरपालिकाका ३६ जना शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई उपचार तथा शाहायक सामाग्रि नाप जाच तथा निशुल्क औषधि तथा स्वास्थ्य उपचार गरिएको र शल्यक्रिया गर्नु पर्ने ५ जना बालबालिका रहेको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सिनियर सुपरभाइजर शालिकराम तिमिल्सिनाले जनकारी दिनुभएको थियो। कार्यक्रम देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता , अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सिनियर सुपरभाइजर शालिकराम तिमिल्सिनाको स्वागत र ईन्दिरा भुषालको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img