spot_img
spot_img
spot_img

गैडहवामा ६०२ जनालाई न्यानो कपडा वितरण

spot_img

गैडहवा //
रुपन्देहीको गैडहवा गाउँपालिकामा ६०२ जनालाई न्यानो कपडा वितरण गरिएको छ। गाँउपालिकाको वाड नं १ सांडीमा जेष्ठ नागरिक, एकल महिला, अपाङगता भएका तथा लोपोन्मुख समुदायका गरी ६०२ जनालाई न्यानो कपडा वितरण गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले हरेक जेष्ठ नागरिक, एकल महिला लोपोन्मुख समुदायको सम्मान र संरक्षणमा सधै जिम्मेवार हुदै आइरहेको उल्लेख गर्नुभयो।

राज्यबाट प्राप्त हुने हरेक सेवा सुबिधालाई जेष्ठ नागरिक, एकल महिला लोपोन्मुख समुदायले महसुस गर्नेगरी पहिलो प्राथमिकताका साथ उपलब्ध गराउनमा पालिका तत्पर रहेन अध्यक्ष पौडेलले बताउनुभयो। गाउँपालिकाले पालिकाका असक्त, जेष्ठ तथा असाहयहरुका लागि लाइन बसेर भत्ता बुझने कार्यलाई सथासम्भव सहज बनाउने समेत अध्यक्ष पौडेलले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले गाउँपालिकले अपांग र जेष्ठ नागरिकलाई चिसो समयमा न्यानो कपडा वितरण पश्चात केही राहत पुग्ने बताउनु भयो। वार्ड नं. ३ ले पनि ४६६ जना जेष्ठ नागरिक लोपोन्मुख समुदाय, एकल महिला तथा अपांगता भएकाहरुलाई न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको वाड अध्यक्ष राम अजोर यादवले जानकारी दिनुभयो ।

वाड न १ का वडा अध्यक्ष प्रदिप कुमारी चौधरीलेले जेष्ठ नागरिक, एकल महिला र लोपोन्मुख जातजातिलाई जाडोमा न्यानो कपडा प्रदान गर्नु स्थानीय सरकारको कर्तब्य भएको बताउनुभयो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि, जनप्रतिनीधि, कर्मचारीको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img