spot_img
spot_img
spot_img

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदिप गौतम चयन

spot_img

कञ्चन//

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आज सम्पन्न भएको छ। दाङ घोराहीमा बुधबादेखि शुरु भएको अधिवेशनले सुदिप गौतमको अध्यक्षतामा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश नयाँ कार्य समिति निर्वाचित गरेको छ। अधिवेशनमा सहभागि हुन दाङमा भेला भएका लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रदेश पार्षदहरुको अधिवेशनले प्रेस युनियनको प्रथम लुम्बिनी प्रदेश समितिले पुर्णता पाएको हो। युनियनको पहिलो अधिबेशनबाट खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल (रूपन्देही) र समावेशी उपाध्यक्षमा पहलमान घर्तीलाई निर्वाचित गरेको छ।

यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे (रूपन्देही) र समावेशी सचिवमा सम्सेर बिक्रम जिसी निर्वाचित भएका छन भने सोही अधिवेशनबाटै कोषाध्यक्षमा सीपी खनाल (रूपन्देही) निर्वाचित भएका छन। यसैगरी युनियनको लुम्बिनी प्रदेश समिति सदस्यमा प्रकास रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी (रूपन्देही), सुदिप भण्डारी (रूपन्देही) गौरव गिरी, बिस्नु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ (रूपन्देही), अनु खनाल, यमकला भुसाल, सिमा भट्टराइ।

ओमा कडेल, पुजा पन्थी (रूपन्देही), दुखहरण यादव, बीन्द्र यादब र सुरेश परीयार(रूपन्देही) निर्वाचित भएका छन। अधिवेशनले मुक्ति प्रसाद न्यौपानेको संयोजकत्वमा इन्द्रजीत रेग्मी र प्रकास घिमिरे सदस्य रहेको लेखा समिती समेत निर्वाचित गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img