काठमाण्डौ //
चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा फेला परेको राष्ट्रिय निकुञ्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भङ्गालोमा दुईवटा गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को झण्डै १४ वर्षको माउ गैँडा मारिएको अवस्थामा भेटिएका बच्चा गैँडा विद्युतीय धरापमा परेको पाइएको र माउ गैँडाको खाग काटेर लगेको अवस्थामा भेटिएकाले दुवै गैँडा चोरी सिकारीले मारेको हुनसक्ने निकुञ्जले बताएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ ।