कञ्चन//
रुपन्देहीको कञ्चन गाँउपालिकामा बैदेशिक रोजगारको क्रममा हुने जेखिम तथा त्यसको न्युनिकरणबारे सोमवबार सरोकारवालाहरु बिच अन्तरकृया कार्यक्रम गरिएको छ। सुरक्षित आप्रवासनको असर तथा प्रभाव र कामदारलाई सामाजिक बहिस्करण र प्रभाब न्यूनीकरण सम्बन्धी कार्यक्रममा सरोकारवालाहरुले समुदायस्तरमा नै प्रभावकारी रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन। नेपाल सरकार र स्विस सरकारको द्विपक्षिय सम्झौता पछि रुपन्देहीका ४ स्थानीय तहहरुमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमा सामी परियोजनाका कार्यक्रम संयोजक सिता पन्तले आप्रवासीहरू र उनीहरूका परिवारहरूलाई सम्बन्धित नेपाली संस्थाहरूबाट राम्रोसँग सुरक्षित राख्नु र विदेशमा काम गर्ने राम्रो अवस्थाबाट लाभान्वित गराउन सामी परियोजना सञ्चालन भएको बताउनुभयो।
वैदेशिक रोजगार प्रशासन र आप्रवासी र उनीहरूका परिवारहरूको संरक्षणमा सुधार गर्न ठोस मोडेल र दृष्टिकोणहरू प्रस्ताव गर्दै सन २०११ देखि २०१८ सम्म परियोजनाको कार्यान्वयनको पहिलो चरणको रुपमा कार्य गर्दै राज्यको संघीयीकरण प्रक्रियाको सन्दर्भमा स्थानीय सरकारहरू -पालिकाहरू- लाई वैदेशिक रोजगार लगायतका महत्त्वपूर्ण दक्षताहरू प्रदान गर्दै यो संक्रमण र विशेष गरी स्थानीय सरकारहरूको क्षमतालाई सुशासनको मापदण्ड अनुसार आफ्नो कार्य सञ्चालन गर्नमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पन्तले जाकारी दिनुभयो। बैदेशिक रोजगारमा जाँदा आफ्नो परिवारका सदस्यलाई आफु जाने देश, मेनपावर कम्पनी र कुन कामका लागि कसरी जादै छु भन्ने कुराको जानकारी दिएमा बैदेशिक रोजगारको क्रममा हुने सम्भावित जोखिमको न्युनिकरणमा सहयोग पुग्ने बताउदै कार्यक्रम संयोजक पन्तले आफ्नो समुदाय तथा परिवारलाई सुरक्षित आप्रवासनबारे सही सूचना प्रबाह गर्न आग्रह गर्नुभयो।
बैदेशिक रोजगारमा जानु पुर्व बैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुमा दक्ष कामदारको रुपमा काम सिकोर श्रम स्विकृति लिई जानु पर्ने कुरालाई जानकारी दिन सकेमात्र बैदेशिक रोजगारको क्रममा कार्यस्थलमा हुने जोखिम वा घटना भइसके पछि त्यसबाट लिन सकिने क्षतिपुर्ति र आवस्यक सहयोगका लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरोकारवाला निकायहरुले सम्बन्धित देशहरुमा रहेका राजदुतावास मार्फत आवस्यक प्रकृया गर्न सहज हुने कार्यक्रम संयोजक पन्तले बताउनुभयो। यस्तै सामी परियोजनाका मनोसामाजिक सुपरभाइजर विनय महर्जनले बैदेशिक रोजगारमा गएका व्यक्तिको कार्यस्थलमा कुनै दुर्घटना भई अंगभग वा मृत्यु नै भएको अवस्थामा पिडितले वा पिडितको परिवारले बैदेशिक रोजगारमा जानु पुर्व अपनाएका सम्पुर्ण कागजातको आधारमा आवस्यक क्षतिपुर्ति र बिमा जोखिम सम्बन्धी कानुनी प्रयास गर्ने उल्लेख गर्नुभयो।
कुनै पनि व्यक्ति बैदेशिक रोजगारमा जानु पुर्व आफु जान लागेको देश, त्यहाँ पुगेपछि गर्नु पर्ने काम र अवधीबारे बुझेर श्रम स्विकृति लिई दक्ष कामदारको रुपमा सिप सिकेर जान उतप्रेरित गर्नु सामी परियोजनाको मुख्य उद्धेश्य रहेको महर्जनले बताउनु भयो। साथै बैदेशिक रोजगारको क्रममा कार्यस्थलमा दुर्घटना भई अंगभंग वा मृत्यु नै भएको अवस्थामा आवस्यक क्षतिपुर्तिका लागि कसरी कुन ठाउँमा के कस्ता कागजात तथा प्रमाणहरु संलग्न गर्नुपर्छ भन्ने कुराको जानकारी समेत त्यो परिवारका सदस्य र बैदेशिक रोजगारमा जाने ब्यक्तिलाई बुझाउनु पर्ने समेत सुपरभाइजर महर्जनले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले बैदेशिक रोजगारका लागि बिदेश जाने कञ्चनका कुनैपनि व्यक्तिहरुलाई दक्ष र सुरक्षित बनाउन स्थानीय तहले गर्ने भुमिकामा सधै सकृयाता देखाउदै आएको बताउनु भयो। लक्षित समूहले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महसुस गर्नेगरी के कस्ता कार्यक्रम सञ्चालन र निरन्तरता दिने भन्नेबारे सरोकारवालाहरुसंग छलफल गर्न आवस्यक देखिएको अध्यक्ष ढकालले बताउनु भयो। सुरक्षित आप्रवासनको असर तथा प्रभाव र कामदारलाई सामाजिक बहिस्करण र प्रभाब न्यूनीकरणका लागि गाउँपालिकाले आवस्यक योजना तर्जुमा गरेर अगाडी बढ्ने कुरामा प्रतिबद्धता जनाउदै उपाध्यक्ष मौसमी थापा मगरले बैदेशिक रोजगारमा गएका कञ्चनका धेरै व्यक्तिहरुले दुख पाइरहेको भन्ने थाहा पाएपनि ती समस्याहरुको समाधानका लागि सही बाटो देखाउन सक्ने अवस्था नभएकोले स्थानीय तहमा सामी परियोजनाको भुमिका अझ महत्वपुर्ण हुने बताउनुभयो।
कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारु र सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम निर्देशक गोपाल बहादुर के।सीले सुरक्षित आप्रवासनको असर तथा प्रभाव र कामदारलाई सामाजिक बहिस्करण र प्रभाब न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सकिए अझ प्रभावकारी हुनेमा जोड दिनुभयो। कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरकृया कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ईश्वरी ज्ञवालीले सहजिकरण गर्नु भएको थियो भने सामाजिक परिचालन अधिकृत रुविता पुलामीले कार्यक्रमको औचित्यता र उद्धेश्यबारे जानकारी दिनुभएको थियो।