spot_img
spot_img
spot_img

दुर्गादत्त मावीको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनायो

spot_img

बुटवल //

रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरमा रहेको श्री शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालय को ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । बिहिबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरिले लुम्बिनी प्रदेशका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लुम्बिनी प्रदेशले पहल गरिरहेको बताएका छन।
उहाँले शुभकामना मन्तव्यमा प्रदेश सरकारको जनप्रतिन्धी हुँदा या सामान्य नागरिक हुँदा पनि आफूले विद्यालय लाई साथ सहयोग र भालोचिताउने प्रतिबद्धता जाहिर गर्नुभएको थियो । यो विद्यालयले विगतको तुलनामा भन्दा अहिले धेरै मेहनत गरेर यो अवस्थामा आइपुगेको भन्दै धन्यवाद समेत दिनुभएको थियो । उहाँले विद्यालय भन्दा बितिक्कै विद्यार्थीहरको पढाईको गुणस्तरमा ध्यान जाने बताउँदै संस्थागत विद्यालयहरुमा अहिले शैक्षिक प्रणाली कमजोर नरहेको बताउँदै कैयौं संस्थागत विद्यालयहरुले असाधारण प्रगति गरेको समेत जिकिर गर्नुभएको थियो ।

यस्तै उहाले कार्यक्रममा बोल्दै सरकारको तर्फबाट रोजगारीको अवस्था सृजना गर्ने दक्ष तथा प्राविधिक कामदार उत्पादन गर्ने सिक्ने र पढ्ने प्रणालीको विकास गरि आगामी ५ वर्षमा प्राविधिक शिक्षाको अवधारणा कायम गर्ने र दक्ष जनशक्ति तयार पारी मुलुकको विकास गर्ने बताउनु भएको थियो । साथै विद्यालयको उज्जवल भविष्यको कामना गर्दै शुभकामना समेत दिनुभएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यालयको शैक्षिक आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुस्त गर्दै विद्यालयका समस्या चुनौती र भावी योजनाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै उहाँले मुख्यमन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको भन्दै लिला गिरीलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । सो अवसरमा संघीय संसद सदस्य बासुदेव घिमिरे, शिक्षा विकास समन्वय एकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए। विद्यालयको बार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रसंग सम्बन्धित रहेर विद्यालयको सर्वोपरी विकासमा भुमिका निर्वाह गर्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि,प्रदेश शभा सदस्य भगवती घिमिरे, संघीय संसद सदस्य बासुदेव घिमिरे , पत्रकार छाया पन्थ । यस्तै त्यसै विद्यालयका शिक्षकशिक्षिका रेणुका खरेल, चन्द्रकला पौडेल, जमुना भण्डारी , कृष्ण रकासकोटी ,प्रकाश लाल श्रेष्ठ, निलकण्ठ भट्टराईलाई सम्मान पत्र लगायतका सामाग्रीबाट सम्मान समेत गरिएको छ । यस्तै सो विद्यालयमा ३५ जना अक्षयकोषदाता रहेका छन् । यसबाट ५३ जना विद्यार्थीले अक्षयकोष छात्रवृत्ति समेत प्राप्त गरेका थिए ।

सो कार्यक्रममा प्रदेश शभा सदस्य भगवती घिमिरे, लुम्बिनी प्रदेश शिक्षा युवा तथा खेलकुद मन्त्रालयका सचीव कृष्ण प्रसाद पन्थ ,प्रदेश परिक्षा व्यबस्थापन कार्यलयका प्रमुख रमाकान्त तिवारी ,शिक्षा तथा सामाजिक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख दिवाकर भण्डारी,तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण्ड,तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गङ्गाराम आचार्य लगायत अन्य विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो ।भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठले गर्नुभएको थियो । यस्तै शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा यस कार्यक्रमका सभाध्यक्ष उमानाथ कंडेलले सो अवसरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रहेर भुमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img