देवदह//
सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजक समितिले देवदहमा क्रियाशील महिला संघरसंगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो ।
दुईवटै उपसमितिको छलफलमा बोल्दै मूल आयोजक समितिका संयोजक मेघराज ढकालले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सबै तह र तप्कामा क्रियाशील संघसंस्था र समूहको सहयोग आवश्यक रहेको उल्लेख गर्दै महोत्सवले लिएका लक्ष हासिल गर्न सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा बताएका थिए ।
छलफलमा बोल्दै महिला नेतृहरू सरस्वती पोखरेल, मिना श्रेष्ठ, गीता न्यौपाने, रिता बस्याल, निर्मला जिसी, रेनुका परियार लगायतले महोत्सव सफलताको शुभकामनासंगै आवश्यक सुझाव दिएका थिए।
छलफलसंगै महिला समन्वय उपसमिति र स्वयम्मसेविका समन्वय उपसमितिले पूर्णता पाएको छ। जसअनुसार लक्ष्मी सिग्देल संयोजक रहेको २१ सदस्यीय महिला समन्वय उपसमिति र देवी ढकालको संयोजकमा ९७ सदस्यीय स्वयसेविका समन्वय उपसमिति गठन गरिएको छ।
महिला नेतृ प्रेमकला ढकालको सन्चालन रहेको छलफलमा देवदह उद्योग व्यापार संघ देवदहका निवर्तमान अध्यक्ष गणेश खाती प्रेस समन्वय उपसमिति संयोजक विष्णु पोखरेल लगायतको उपस्थिति रहेको थियो।