रवि राना, फर्साटिकर//
फर्साटिकरमा कोभिडका कारण बिगत २ बर्ष देखि स्थगित भएको रेप्सा महोत्सव भोली मंगलबारदेखि शुरु हुने भएको छ। राइजिङ्ग ईङ्गलिस स्कुल एशोसियसनको आयोजनामा सञ्चालन हुने रेप्सा महोत्सवमा एथलेटिक्स अन्तर्गत बिभिन्न इभेन्ट्सका छात्र छात्रा दौड प्रतियोगिता, हाफ म्याराथन दौड, भलिवल, ज्याभलिन, शटपुट, गायन तथा नृत्य, शिक्षकहरु बिचको मैत्रीपुर्ण मिक्स डवल ब्याडमिन्टन लगायत खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
रेप्साले आज रिद्धिसिद्धी पार्टी प्यालेस, फर्साटिकरमा आयोजित पत्रकार सम्मेलनमा रेप्सा महोत्सवबारे जानकारी दिइएको थियो। रेप्साका अध्यक्ष कमल प्रसाद पौडेलले बिधार्थीहरुको आन्तरिक प्रतिभाहरुको प्रस्फुटन र बिधार्थीहरुको अन्तरनिहित प्रतिभाहरुको उजागर गर्न माघ २४ गते देखि २७ गते सम्म रेप्सा महोत्सवको आयोजना गरिएको बताउनु भयो। रेप्सा सम्बद्ध बिद्यालयहरुमा सञ्चालन गरिने प्रतियोगितामा साहित्यिक तथा खेलकुद अन्तर्गत विभिन्न बिधाहरु समावेश गरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो।