spot_img
spot_img
spot_img

भूकम्पको झट्काले बच्चाको जन्म, शिशू जीवितै :आमासहित परिवारको मृत्यु

spot_img

एजेन्सी ।

टर्की र सिरियाको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परेकी एक गर्भवती महिलाले बच्चालाई जन्म दिएकी छन्। गर्भवती युवतीको भूकम्पमा परि मृत्यु भएपनि बच्चालाई भने जन्म दिएकी हुन् । गर्भवती युवती सिरियाली भएको जनाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियाको एक भग्नावशेषमुनि ती गर्भवतीले फसेकै अवस्थामा बच्चा जन्माएकी हुन् ।

भग्नावशेषबाटै बच्चाको जिवितै उद्धार भएको हो । तर आमालाई भने बचाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सोमबारको उक्त भूकम्पले पुरिएर रहेका आमाको मृत शरीरमा नाभीसँगै बाँधिएको अवस्थामा शिशुको उद्धार गरिएको बीबीसीले जनाएको छ । शिशूको अवस्थासमेत चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार ३४ वर्षीय खलील अल शमी सिरियाको जिन्दायरिस सहरमा बस्थिन् । भूकम्पले उनको भाइको घर ध्वस्त बनाएको थियो । त्यसपछि त्यहाँ भएका आफ्ना भाइ र अन्य परिवारको खोजी गर्न थालियो । त्यसपछि भग्नावशेषहरु हटाउने क्रममा उनको आफ्नो परिवारको भाउजुको शवसँगै जोडिएको नभीसहितको बालिका भेटिएको थियो । त्यसपछि बच्ची रोएकी थिइन् । त्यस लगत्तै ती बालिकालाई उद्धार गरिएको थियो ।

उक्त शिशूको जन्भ भएको करिब ३० घण्टापछि उद्धार गरिएको बताइएको छ । बच्चाको जीवितै उद्धार गरिएपनि उनकी आमा, बुवा, चार दाजुभाइ र एक काकीको पनि भूकम्पमै ज्यान गएको बताइएको छ । खलीलले आफ्नो भाउजु गर्भवती भएको र केही दिनमै बच्चा जन्माउने क्रममा रहेको खुलाएकी छिन् । भूकम्पको झड्काले बच्चा जन्मिएको हुनसक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img