देवदह // रुपन्देहीको देवदह नगरपालिका २, ढेकावरमा जिल्ला स्तरीय कराते प्रतियोगिता हुने भएको छ। ढेकावर सितोरियो कराते डोजोको आयोजना र देवदह नगरपालिका २ वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो।
प्रतियोगिता यही फागुन ६ र ७ गते देवदह २ वडा कार्यालय अगाडि हुने डेकार सितोरियो कराते डोजोका अध्यक्ष मिलन गुरुङ्गले जानकारी दिनु भयो। प्रतियोगितामा रुपन्देही जिल्लाका करिब २ सय खेलाडीहरुको सहभागिता रहने अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो। राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनु भयो। प्रतियोगिता मार्फत स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्न सकिने भएकोले विभिन्न संघसस्थाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङ्गले पत्रकार सम्मेलनमा बताउनु भएको थियो। विगत लामो समयदेखि कराते खेलको प्रवद्र्धन गर्दै आएको र सक्षम खेलाडी उत्पादन गर्नै नै पहिलो लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्नको लागि देवदह नगरपालिका २, वडा कार्यालयले १ लाख ५० हजार प्रदान गरेको जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख खर्च हुने अनुमान गरेको अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो। वडा कार्यालयले प्रदान गरेको रकमसंगै अन्य विभिन्न संघसंस्थाले पनि सहयोग गरिरहेको उहाँले बताउनु भयो।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङ्गले खेलाडी उत्पादनमा राज्यले लगानी गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेपनि खेलाडीको संरक्षणमा राज्यले ध्यान दिन नसक्दा खेलाडी पलायन हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो। खेलको विकाससंगै खेलाडीको संरक्षणमा स्थानीय तहले पनि प्राथमिकता दिनु पर्नेमा उहाँले जोड दिनु भएको थियो।
प्रतियोगिताका विजयी खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने गरी प्रतियोगिताको आयोजना गरेको उहाले जानकारी दिनु भयो। आर्थिक अवस्था राम्रो भएमा विजयी खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिने जानकारी दिनु भयो। प्रतियोगिता अवधिभर केरवानी स्वास्थ्य चौकीले मेडिकल सहयोग गर्ने उहाले जानकारी दिनु भयो।
यज्ञप्रसाद अर्यालको संचालनमा भएको पत्रकार सम्मेलनमा डोजोका पदाधिकारीहरुको सहभागिता रहेको थियो।