कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा फागुन ५ गते देखि २ लाख २२ हजार २ सय २२ रुपैया राशीको कञ्चन कप २०७९ शुरु हुदै छ। रुपन्देही, नवलपरासी, नवलपुर, कपिलबस्तु, चितवन र बाँकेका गरी उत्कृष्ट १२ फुटवल टिमले प्रतिस्पर्धा गर्ने कञ्चन कप २०७९ को विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन। हरेक बर्ष महाशिवरात्रीको अवसरमा आयोजना गर्दै आइरहेको हिमालयन सामुदायिक बिकास केन्द्र कञ्चन ४, रुपन्देहीले २०७९ को संस्करणमा पुरस्कार राशीमा बृद्धि गरेको हो। यही फागुन २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा उपविजेता हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।
कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले समेत बिभिन्न फुटवल टिमहरुसंग अनुबन्धित भई प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। भोली हुने उद्घाटन खेलमा कन्चन ११ (रूपन्देही) र भैरव एफसी (नवलपरासी)बिच हुने आयोजकले जनाएको छ। भोली २ बजे हिमालय सामुदायिक विकास केन्द्रको खेल मैदान कञ्चन ४ दियोमा हुने प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुहुनेभएको छ। प्रतियोगिता अवलोकन गर्न आयोजकले टिकटको व्यवस्था गरेको छ।