रुपन्देही ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गर्नुभएको छ । पन्थी र लुम्बिनी विकास कोषको टोलीद्धारा बिहीबार कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगर हवाको अवलोकन गरिएको हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रीसहितको टोलीले बुद्धस्थलको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??