देवदह । माघ २६ देखि देवदह मण्डपमा सुरु भएको सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवमा आज देखि अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको आज भएको खेलमा जनप्रिय माध्यमिक विद्यालय,सगरमाथा आवासीय मावि ‘ए’, देवदह माध्यमिक विद्यालय सेमी फाइनलमा प्रवेश गरेका छन्। त्यस्तै सागरमाथ मावि बि र नमुना माविको खेल भोलि हुने र विजेता टिम सेमी फाइनलमा पुग्ने महोत्सव खेलकुद उपसमितिका संयोजक रमेश थापाले जानकारी दिएका छन् ।
प्रतियोगितामा देवदह नगरपालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका छन् । केरवानी माध्यमिक विद्यालय, देवदह बोर्डिङ स्कुल, सीता माध्यमिक विद्यालय, जनप्रीय माध्यामिक विद्यालय, बुद्ध पब्लिक आवासीय मावी, सगरमाथा कलेज, एशियन लाईट बोर्डिङ स्कुल, सगरमाथा बोर्डिङ स्कुल, युग ज्योति माध्यमिक विद्यालय,नमुना बोर्डिङ स्कुल र जनता मावी गरि ११ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १० र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक थापाले जानकारी दिएका छन् ।सेमी फाइनल र फैनाल्को खेल शनिबार हुने संयोजक थापाले जानकारी दिएका छन् ।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
फाल्गुन १० गते सम्म संचालन हुने मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।