spot_img
spot_img
spot_img

गाउँपालिका महासंघ लुम्बिनी प्रदेशको सदस्यमा कञ्चन उपाध्यक्ष मौसमी मगर निर्वाचित

spot_img

कञ्चन ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनबाट बिष्णु गिरीको अध्यक्षतामा २१ सदस्यिय गाउपालिका महासंघ, लुम्बिनी प्रदेशको नयाँ समिति निर्वाचित गरिएको छ। लुम्बिनी प्रदेशको नयाँ समितिमा रुपन्देहीबाट ४ जना निर्वाचित सदस्यमध्ये कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगर पनि निर्वाचित हुनुभएको छ।

यस्तै रुपन्देहीबाट सदस्य पदमा गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी र कोटहीमाई गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी निर्वाचित हुनु भएको छ। लुम्बिनी प्रदेशका ७३ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको अधिवेशनको उद्धघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्नुभएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img