spot_img
spot_img
spot_img

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्वाचित

spot_img

काठमाण्डौ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा गर सर्वसम्मत निर्वाचित हुनुभएको छ। शुक्रवारदेखि धादिङबेसीमा भइरहेको प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा मगर सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापा मगरका विरुद्ध उम्मेदवारी नै नपरेपछि वहाँ सर्वसम्मत निर्वाचित हुनु भएको हो। लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि क्रियाशील थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिससक्नु भएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत निर्वाचित हुन भएको छ।

सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित हुनु भएको छ। सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ । प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत चयन हुनु भएको छ भने उपमहासचिवमा हरि डाँगी ९प्रशासनिक० र शिरीष देवकोटा (साङ्गठनिक), कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन हुनु भएको छ।

त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष ९खुला० पदमा तीन जनाको उम्मेदवारी परेको छ। सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img