पोखरा ।
यतिबेला सामाजिक सञ्जालमा चितुवा बोकेर हिँडेको एउटा तस्बिर भाइरल बनिरहेको छ । उक्त तस्बिर पर्वतमा लिइएको बताईएको छ । मानिसले बोक्दा पनि केही नगर्ने चितुवा भनेर धेरैले उक्त तस्बिरलाई अनौठो मानिरहदा यस्को वास्तविकता भने फरक छ । जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर तथा प्रवक्ता राजेन्द्र अधिकारीले उक्त चितुवा मरेको अवस्थामा फेला परेको बताउनुभएको छ । मरेको चितुवालाई वनका कर्मचारीले बोकेको अवस्थामा लिइएको फोटो भाइरल बनेको हो ।
फलेबास नगरपालिका वडा नम्बर २ गहतेमा उक्त चितुवा भेटिएको हो । चितुवा बोकिरहेका व्यक्ति सर्वसाधारण नभएर वनका कर्मचारी हुन। वन कार्यालयका अनुसार चितुवा बुढो र बिरामी थियो । बिरामी भएकै कारण उक्त चितुवा मरेको हुन सक्ने वनका अधिकारीहरुको भनाइ छ ।