२७ फागुन, बुटवल ।
नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार वर्गका महिलाहरूको मुक्तिका लागि कामदार महिलाहरू नै एकजुट भई आन्दोलित हुनुपर्नेमा जोड दिनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला संघ रूपन्देहीद्वारा तिलोत्तमामा आयोजित महिला कार्यकर्ता भेलामा अध्यक्ष थापामगरले पुॅजीपति वर्गका महिलाहरूले नारी दिवसको नाममा महॅगा होटलहरूमा जॉडरक्सी पार्टी गरेर महिला संघर्षकै अपमान गरिरहेको चर्चा गर्दै कामदार वर्गका महिलाहरूलाई संगठित गर्न नेक्रामसंघ जुझारू भएर लागिरहेको बताउनुभएको छ ।
भोकाएकाहरूले खोला वारी खाम अघाएकाहरूले खोला पारीको भनेजस्तै महिलाहरूबीचमै पनि वर्गीय आधार विचार र दृष्टिकोण फरक हुनु स्वाभाविक छ भन्दै अध्यक्ष थापामगरले समाजवादी व्यवस्थाले मात्र नेपाली जनताको ईच्छा आकॉक्षा पूरा गर्नसक्ने बताउनुभएको थियो । नेक्रामसंघका केन्द्रीय सदस्य रोशनमैयॉ सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने ऐतिहासिक पक्षबारे चर्चा गर्दै महिला आन्दोलनकै कारण अठार घण्टासम्म काम गर्न बाध्य कामदारहरूले काम अवधि आठ घण्टामा सीमित गरिएको स्पष्ट पार्नुभयो । नेपाल मजदुर किसान पार्टीले कामदार महिलाहरूको व्यावहारिक जीवनमै परिवर्तन ल्याउन संघर्ष गरिरहेको बताउॅदै अन्तराष्ट्रिय श्रमिक महिला नेताहरूको जीवनी अध्ययनबाट नेपाली महिलाहरूलाई पनि आन्दोलित हुन उत्साह दिने बताउनुभएको छ ।
नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले दलाल पुॅजीवादी शासक दलहरूको अकर्मण्यताकै कारण देशमा आर्थिक समस्या बढेको उल्लेख गर्दै बैंकहरूमा विदेशी पुॅजीको प्रभावकै कारण साना व्यवसायीहरूले धमाधम सटर बन्द गर्न बाध्य भएपनि बैंकहरूले नाफा कमाइरहेको बताउनुभयो । नेक्रामसंघ रूपन्देहीका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता सम्पन्न भेलाले सुशीला पौडेलकै अध्यक्षतामा नेक्रामसंघ रूपन्देही पुन गठन गरेको छ ।