spot_img
spot_img
spot_img

यज्ञोदय क्याम्पसमा नेविसंघको प्यानल विजयी

spot_img

फर्साटिकर ।

रुपन्देहीको शुद्दोधन गाउँपालिका ३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आइतबार सप्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानल विजयी भएको छ। स्ववियु निर्वाचनमा नेविसंघ र संयुक्त प्यानल (अनेरास्ववियु ,अनेरास्ववियु क्रान्तिकारी ,रास्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बीच प्रतिस्पर्धा भएको थियो। आइतवार सम्पन्न निर्वाचनमा स्ववियु अध्यक्षमा नेविसंघका महेश चौधरी ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने वहाका निकततम प्रतिस्पर्धी संयुक्त प्यानलका समुद्र बगाले रेग्मीले १८१ मत प्राप्त गर्नुभएको थियोे ।स्ववियुको सचीव पदमा नेविसंघका आदेश रानाले ३९० मत प्राप्त गरेर विजयी हुनुभएको छ भने वहाँका निकतम प्रतिस्पर्धी संयुक्त प्यानलका अखिल ढकालले १८७ मत प्राप्त गर्नुभएको थियोे । कोषाध्यक्ष पदमा नेविसंघका रामनाथ यादवले ३५५ मत ल्याएर विजयी हुँदा वहाँका निकतम प्रतिस्पर्धी सुमन थापा क्षेत्रीले २१७ मत प्राप्त गर्नु भएको थियो।

यस्तै स्ववियु सदस्यहरुमा नेविसंघका सागर सारु मगरले ३८१, हरि प्रसाद खनालले ३५१, आनन्द तिवारीले ३३९, निशा देवि थारुले ३३० र राजन खनालले ३५७ मत प्राप्त गरी विजयी भएको छन। निर्वाचन प्रक्रिया अन्तर्गत समानुपातिक तर्फ नेविसंघले ४ जना सदस्य प्राप्त गरेको छ भने ।अनेरास्ववियुले २ वटा र अनेरास्ववियु क्रान्तिकारीले १ जना सदस्य प्राप्त गरेको निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले जानकारी दिनुभएको छ। कुल मतदाता संख्या ६८५ मध्ये ५९१ अर्थात ८६.३५ प्रतिशत मत खसेको थियो । दुई मतदान केन्द्र रहेको सो क्याम्पसमा जम्मा खसेको मत मध्ये पुरुष १६४ र महिला ४२७ मत खसेको थियो। निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियोे।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img