बुटवल ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज तिलोत्तमामा प्रदर्शन गरेको छ । समाजले तिलोत्तमा नगरपालिका–३ योगिकुटी चोकमा बिभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेको हो । कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने रणनीतिमा नगरपालिका लागी परेको बताउनुभएको छ । त्यस्तै विनोद पहाडीले अझै पनि जातीय विभेद तथा छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको उल्लेख गर्नुभयो । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराईको अध्यक्षताका भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष विनोद परियार लगायतले बोलेका थिए ।