spot_img
spot_img
spot_img

भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै

spot_img

१२ चैत, भैरहवा।

भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०८० को पूर्वसंध्याको अवसरमा चैत ३० गते होटल व्यवसायीहरुको आयोजनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा भैरहवास्थित देवकोटा चोकमा खाना महोत्सव हुनेभएको हो । पत्रकार सम्मेलनमा बोल्दै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि सडक खाना महोत्सवको आयोजना गर्न लागएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिनुभएको छ।

१ सय वटा स्टल रहने हुने उक्त महोत्सवमा तारे होटल ८ वटा, रेष्टुरेण्ट४० वटाका साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिनुभयो । महोत्सवबाट कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भएपनि राहत पाउने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमान बनाउने कार्य गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img