spot_img
spot_img
spot_img

पुरातात्विक सम्पदाको संरक्षण र प्रचारका लागी तिलौराकोट कपिलवस्तु सम्पदा उत्सव

spot_img

कपिलवस्तु ।

प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले सोमबार ‘तिलौराकोट–कपिलजस्तु सम्पदा उत्सव’ सञ्चालन गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा भएको उत्सवमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले बुद्धको गृहनगर प्राचीन कपिलवस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन् चाँडो गर्न आग्रह गर्नुभयो । बुुद्धले २९ वर्ष बिताएको कपिलवस्तुु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गर्नुभयो ।

उहाँले पुरातात्व विभागलाई उत्खनन् गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष (भिक्षुु मैत्तय) अवधेश कुमार त्रिपाठीले पुरातात्विक हिसावले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाइ भएको बताउदै। तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरी तयारी गरिएको बताउनुभयो । कार्यक्रममा भाषा संस्कृतिका विषयमा प्यानल छलफल समेत गरिएको थियो । आदिवासी जनजातिको भाषा र संस्कृति सम्पदाका विषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा वर्षा लेखीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमअघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खनन्बाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img