काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप चार जना कोरोना सङ्क्रमित निको भएका छन् भने नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना सङ्क्रमण बढेसँगै मन्त्रालयले अतिरिक्त मात्रा बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??