spot_img
spot_img
spot_img

नेपाल मगर बौद्ध सेवा समाजको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

spot_img

कञ्चन ।

नेपाल मगर बौद्ध सेवा समाजको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिबेशनले आगामी ४ बर्षका लागि देउ बहादुर राना(ललितपुर)लाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। यही चैत्र १८ गते देखि शुरु भएको महाधिबेशन रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ बिरेन्द्रचोक स्थित नालान्दा बौद्ध बिहारमा ४ दिन सम्म सञ्चालन भएको थियो। महाधिबेशनबाट अध्यक्षमा देउ बहादुर राना(ललितपुर), उपाध्यक्षमा बल बहादुर रखाल मगर (काठमाण्डौ), महासचिवमा भिम बहादुर गुमछान मगर, झापा(हाल काठमाण्डौ)लाई सर्बसम्मत निर्वाचित गरेको नेपाल मगर बौद्ध सेवा समाज छैठौं राष्ट्रिय महाधिबेशन निर्वाचन समितिका संयोजक चेत बहादुर आले मगरले जानकारी दिनुभएको छ।

यसैगरी महाधिबेशनले सचिवमा शम्भु राना मगर, मोरंग, महिला सचिवमा पार्वती घर्ति मगर, रुपन्देही, बिदेश सचिवमा मित्र राना मगर, पर्वत(हाल काठमाण्डौ), कोषाध्यक्षमा टेक बहादुर बुढाथोकी मगर, म्याग्दी(हाल काठमाण्डौ) र सह कोषाध्यक्षमा कसविर बहादुर त्रोक्छाकी मगर, मोरंगलाई निर्वाचित गरेको छ। सोमवार सम्पन्न भएको महाधिबेशनबाट यम बहादुर मरसांगी मगर, राजन पुलामी मगर, कृष्ण बहादुर काउछा मगर, मिठा बहादुर सिंजाली मगर रेखा कुमारी थापा मगर, ​टंक बहादुर राना मगर संघिय परिषद सदस्यमा निर्वाचित गरेको छ। समाजका केन्द्रिय अध्यक्ष देउ बहादुर रानाको अध्यक्षतामा भएको महाधिबेशनमा जिल्ला प्रतिनीधि, प्रदेश प्रतिनीधि तथा केन्द्रिय समितिले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदनमाथी छलफल गरी संशोधन सहित पारित गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img