काठमाडौं ।
भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ। नेपाल फर्कनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिनुभएको छ । भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएपछि जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताउनुभयो । शाहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??