spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना

spot_img

भैरहवा ।

निजी क्षेत्र सम्बद्ध संस्थाहरुले भैरहवाको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै विमानस्थल अगाडि धर्ना दिएका छन् । यसबारे सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालन आउनुपर्ने उनीहरुको माग छ ।

पर्यटन व्यावसायीहरुको लगानी डुब्ने स्थितीमा रहेको भन्दै चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा आउनुपर्ने भनाई राख्नुभयो । आन्तरिक उडान मात्रै भर्दै आएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने व्यवसायीहरुले चेतावनी दिएका छन । विरोध कार्यक्रममा दर्जन बढि निजी व्यावसायिक संस्थाहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img