देवदह ।
देवदह व्यापार संघले नयाँ वर्ष (२०८० सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। देवदह व्यापार संघको सचिवालय भवनमा आयोजित नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद डा।कृष्ण न्यौपानेले भित्तेपात्रोको बिमोचन गरेका थिए। पुर्व सांसद न्यौपानेले नयाँ वर्षको आगमन सङ्गै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने स्थिति आओस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो। उहाले यस संस्था देवदहकै एक अब्बल संस्था भएकोमा प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा सामाजिक काममा यस संस्थाले अझै सक्रिय रुपले लागीपरोस् भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले उद्योग व्यापारलाई नयाँ ढंगले अगाडि बढाउदै उत्पादनलाई वृद्धि गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो। उहाले देशमा अहिले आर्थिक मन्दि लगिरहेको हुदा सम्पूर्णलाई फुजुल खर्च कम गर्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह साखाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, नेवा पुच देवदहका अध्यक्ष कुशल श्रेष्ठ, भुपुशैनिक देवदहका निवर्तमान अध्यक्ष किसन बहादुर थापा, रोट्रेक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष मनिलाल तिवारी, लायन्स क्लब अफ देवदहका प्रथम उपाध्यक्ष मन बहादुर क्षेत्री, संस्थाका सल्लाहकार दिपक चापागाईं, टिकाराम चापागाईं, भिमलाल न्यौपाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर अध्यक्षता, संस्थाका वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र संस्थाका महासचिव हरीलाल भण्डारीको संचालनमा भएको थियो।