spot_img
spot_img
spot_img

म्यानमारको सागिङ क्षेत्रमा सेनाको अहिलेसम्मकै घातक आक्रमण

spot_img

एजेन्सी ।

म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा एक सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । यसलाई म्यानमारमा जारी गृहयुद्धमा सबैभन्दा घातक सैन्य आक्रमण मानिएको बीबीसीले जनाएको छ। म्यानमारको सेनाले उत्तर–पश्चिममा रहेको सागिङ क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा मारिनेहरूको अहिलेसम्म कम्तीमा ८० वटा शव निकालेको र सङ्ख्या बढ्ने अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा भइरहेको गृहयुद्धलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो । यसैबीच संयुक्त राष्ट्र सङ्घले यस आक्रमणको निन्दा गरेको छ । सन् २०२१ को फेब्रुअरीमा कू पछि सत्तामा आएको सेनाले आफ्ना विपक्षीहरूको आवाज दबाउन लगातार हवाई आक्रमण गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img