spot_img
spot_img
spot_img

एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ६ विकेटले हरायो

spot_img

काठमाडौँ । एसीसी  प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.४ ओभरको खेल बाँकी छँदै भेट्टायो। नेपालका लागि भीम सार्की ७१ रनको योगदान दिए । यस्तै, कुशल  मल्ल ७० रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले ३८, रोहित पौडेलले ४२ रनको योगदान दिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि कप्तान फैजले सर्वाधिक ७६ रन जोडे। उनले आउट हुनुअघि ओपनर विरन्दीपसँग १ सय १६ रनको साझेदारी गर्दै ९५ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए। यसैगरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ।समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन्। यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img