spot_img
spot_img
spot_img

कञ्चनमा व्यक्तिगत घटना दर्ता सप्ताहको शुभारम्भ

spot_img

कञ्चन ।

देशभर राष्ट्रिय कार्यक्रमको रुपमा सञ्चालन गरिएको व्यक्तिगत घटना दर्ता सप्ताहको सोमवार देखि कञ्चनमा शुभारम्भ गरिएको छ। कञ्चन गाउपालिका वडा नं १ को वडा कार्यालयबाट औपचारिक कार्यक्रम गरी शुरुवात गरिएको व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रमले कञ्चनको समेत वास्तविक जनसंख्या थाहा हुने उपाध्यक्ष मौसमी थापा मगरले बताउनु भएको छ । उपाध्यक्ष थापा मगरले सप्ताहको शुभारम्भ गर्दै भन्नुभयो “व्यक्तिगत घटना घटेको ३५ दिन भित्र सम्बन्धित वडा कार्यलयमा गई घटना दर्ता गरे पुर्ण रुपमा निःशुल्क हुने र समयमै गरिने व्यक्तिगत घटना दर्ताले कञ्चन गाउपालिकाको बास्तविक तथ्यांक प्राप्त हुन्छ। वास्तविक तथ्यांकको आधारमा कञ्चनको बिभिन्न योजना निर्माण र कार्यान्वनमा समेत सहजता मिल्छ।” व्यक्तिगत घटना दर्ता गर्नु हरेक व्यीक्तको नैसर्गिक अधिकार समेत भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले फरक प्रसंगमा कञ्चनवासीले बर्षौ देखि आमोद कमोत गर्दै आएको तर कुनै जग्गाधनी पुर्जा नपाएका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई यथासक्य जग्गाधाी पुर्जा उपलब्ध गराउने कार्यमा पालिका निरन्तर लागिरहेको बताउनुभयो।

कार्यक्रममा कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले बर्षको ३६५ दिन नै ब्यक्तिगत घटना दर्ता अभियान चलिरहने भएपनि बिशेष रुपमा सञ्चालन गरिएको ब्यक्तिगत घटना दर्ता स्पताह अभियानले पछि दर्ता गरेपनि हुन्छ भनेर बसिरहेका कञ्चनवासीका लागि समयमै व्यक्तिगत घटना दर्ता गर्नु पर्छ भन्ने सकारात्मक सोंचको बिकास हुने बताउनु भयो। समयमै गरिने ब्यक्तिगत घटना दर्ताले गाउपालिकाको यथार्थ चित्रण देखा पर्ने भएकोले सोही चित्रणको आधारमा आगामी दिनहरुमा पालिकाको योजना तर्जुमा गर्न सहज हुने प्रवक्त तुलाचनले उल्लेख गर्नुभयो। फरक प्रसंगमा आफ्नो धारण राख्दै प्रवक्ता तुलाचनले कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुले जग्गाधनि पुर्जा प्राप्त गर्ने नजिकको समयमा आइपुगेको हुँदा सबैले सबैतिर सकारात्मक सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो।

बर्षौं देखि आफ्नो कमाई र दुखका पसिनाहरु बगाएतापनि हामी भन्दा अगाडीका पुस्ताले जग्गाधनी पुर्जा नपाएर बितेर गए तर अवको पुस्ताले त्यो पिडा भोग्न नपरोस भनेरै सम्पुर्ण जनप्रतिनीध, कर्मचारी तथा टोल बिकास संस्थाका पदाधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारीहरु निरन्तर लागि परिरहेको प्रवक्ता तुलाचनले उल्लेख गर्नुभयो। कञ्चन गाउपालिका वडा नं। १ का वडा अध्यक्ष हरिनारायण थारुको अध्यक्षता तथा वडा सचिव गंगा घिमिरेको संचालनमा शुभारम्भ गरिएको ब्यक्तिगत घटना दर्ता सप्ताह अभियान र त्यसको सान्दर्भिकताका बारेमा कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले बताउनु भएको थियो।कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ति, वडा सदस्यहरु, टोल बिकास संस्थाका प्रतिनीधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनीधि लगायत स्थानीय सेवाग्राहीहरु सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img