spot_img
spot_img
spot_img

बुटवल-तानसेन सडक खण्ड अब रातको समयमा मात्रै बन्द गरिने

spot_img

बुटवल ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने भएको छ । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्नका लागि दिउँसो र राति गरी ९ घण्टा सडक बन्द हुँदै आएकोले यसअघि गएको चैत २१ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । अबदेखी भने दिउँसोमा खुला गरी रातीमा बन्द गरिने भएको हो। सुरुङमार्ग निर्माणको पूर्व तयारी सकिएकाले दिउँसोको समयमा गाडी चलाउन थालेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img