एजेन्सी ।
सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक प्राथमिक विद्यालयमा जथाभाबी गोली चल्दा आठ बालबालिकासहित नौ जनाको ज्यान गएको छ। बुधबार बिहान विद्यालय समय सुरु हुनेबित्तिकै एक जना १४ वर्षका किशोरले जथाभाबी गोली चलाएको बीबीसीले जनाएको छ। आक्रमणमा विद्यालयका सुरक्षा गार्डको पनि ज्यान गएको छ। सुरक्षा गार्डले आक्रमणकारीबाट थप बालबालिकाको ज्यान जोगाउनका लागि आफैँलाई गोली थापेका र अन्तिममा ज्यान गुमाएका खबरमा उल्लेख छ।
जथाभाबी गोली चलाउने किशोर ७ कक्षामा पढ्ने विद्यार्थी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनापछि सर्बिया शोकमा डुबेको छ। देशका कुनै पनि विद्यालय र कलेज खुलेका छैनन् । सर्बिया निकै शान्त राष्ट्र मानिन्छ जहाँ गोली काण्ड दुर्लभमात्रै हुने गरेका छन।