काठमाडौं ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । उनी नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन। बुधबार साँझ प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको हो । सन्दीपलाई बिहीबार काठमाडौं लैजाने प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपसहित उनका बुवा टोपबहादुर रायमाझी विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। टोपबहादुर भने पक्राउ परेका छैनन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??