spot_img
spot_img
spot_img

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता

spot_img

एजेन्सी।

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग भेटवार्ता गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। दुई पक्षबीच युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ। उच्च अधिकारीबीचको यो भेटवार्ताले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच सम्भावित भेटवार्तालाई बलियो बनाएको पनि समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो पटक अमेरिकी भू–भागमा पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img