spot_img
spot_img
spot_img

सीएनएनको घुम्न लायक ठाउँहरूको सूचीमा मुस्ताङ उपत्यका पनि

spot_img

एजेन्सी ।

अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि समेटेको छ। सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ । एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि यो ठाउँ उत्कृष्ट रहेको उल्लेख गरेको छ।

तिब्बतको नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ। सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पश्चिमी अस्ट्रेलियाको एउटा पर्यटकीय क्षेत्रलाई राखेको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img