spot_img
spot_img
spot_img

जी–२० बैठकमा चीन नजाने

spot_img

एजेन्सी ।

चीन भारत प्रशासित जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् । भारत प्रशासित कश्मीरमा हुने जी–२० टुरिजम वर्किङ ग्रुपको बैठकमा चीनले सहभागिता नजनाउने बताएको हो । चीनले विवादित क्षेत्रमा हुने कुनै पनि प्रकारको जी–२० बैठकको कडा विरोध गर्ने जनाएको छ । जी–२० टुरिजम वर्किङ गु्रपको बैठक मे २२ देखि श्रीनगरमा हुने तय भएको छ । यो समूहमा भारत बाहेक अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, अमेरिका र युरोपियन युनियन रहेका छन् । अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि जम्मू कश्मीरमा आयोजना हुने यो सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो । भारतले यस वर्ष जी–२० देशहरूको अध्यक्षता गरिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img