spot_img
spot_img
spot_img

रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिको कार्यालयबाट फिर्ता

spot_img

काठमाण्डौ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता गरेको छ । प्रचलित कानुन बमोजिम र अदालतबाट स्थापित नजिर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनुभएको छ । चौधरीलाई माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयले आज शुक्रबार गृह मन्त्रालयमा फिर्ता पठाएको हो । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यही घटनामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएका चौधरीलाई उच्च र सर्वोच्च अदालतले पनि दोषी ठहर्‍याउँदै जन्मकैदको सजाय सुनाएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img