कञ्चन ।
रुपन्देहीको कञ्चनमा गाँउपालिका स्तरिय कबड्डी संघ गठन गरिएको छ। कञ्चन गाँउपालिकामा रहेका कबड्डी खेलाडी, शुभेच्छुक, निर्णायक तथा खेलकुद शिक्षकहरुको एक भेलाले रमेश पुनको अध्यक्षताा ७ सदस्यिय कञ्चन गाउपालिका कबड्डी संघ गठन गरिएको हो। भेलाले संघको उपाध्यक्षमा प्रेमबहादुर राजकोटी, सचिवमा यमुना न्यौपाने, कोषाध्यक्षमा सालिनी राना चयन गरेको छ। यस्तै सदस्यहरुमा आशिष थापा, ममता रेश्मी र हरिकला चौधरी चयन भएको उपाध्यक्ष प्रेम राजकोटीले जानकारी दिनु भएको छ। भेला रुद्रपुर पिसल्याण्ड भुपु सैनिक इङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ४ रुपन्ेहीमा सम्पन्न भएको हो।
कञ्चन गाँउपालिकाका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता चित्र तुलाचनको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकास समिति रुपन्देहीका सदस्य रामबहादुर थापाको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो। भेलामा लुम्बिनी खो खो संघका अध्यक्ष तुलबहादुर थापा, रुपन्देही खो खो संघका अध्यक्ष राज कुमार थापाको समेत आतिथ्यता रहेको भेलाबाट निर्वाचित संघको पहिलो बैठक समेत सम्पन्न भएको छ। उक्त बैठकले जेठ १८ गते हुने जिल्ला स्तरिय कवड्डी संघको भेलामा कञ्चनबाट ४ जना प्रतिनीधि पठाउने निर्णय गरेको छ। बैठकले रुपन्देहीको जिल्ला स्तरिय भेलामा कञ्चनबाट संघका अध्यक्ष रमेश पुन, उपाध्यक्ष प्रेम बहादुर राजकोटी, सदस्य हरिकला चौधरी र दिपा श्रेष्ठलाई प्रतिनीधिको रुपमा पठाउने निर्णय गरेको हो।