spot_img
spot_img
spot_img

सामुदायिक विद्यालयका कर्मचारीहरुद्वारा विद्यालयको तालाचावी बुझाउदै आन्दोलनमा

spot_img

कञ्चन ।

देशभरका सामुदायिक बिद्यालयमा कार्यरत कार्यलय सहायक र कार्यलय सहयोगीहरुले आ-आफ्नो विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयको ताला चावी बुझाएर आन्दोलनको तयारीमा जुटेका छन। पत्रकार सम्मेलन गरी जेठ २० गते आफुहरुसंग रहेको विद्यालयको तालाचावी बुझाएर जिल्ला शिक्षा विकास समन्वय ईकाईको कार्यलययमा शान्तीपुर्ण धर्ना दिने जानकारी गराइएको छ। नेपाल विद्यालयका कर्मचारी परिषद केन्द्रिय समितिद्वारा प्रसित कर्मचारीहरुको आन्दोलन घोषण सम्बन्धी प्रेस बिज्ञप्तीमा जेठ २७ गते देखि असार १ गते सम्म काठमाण्डौमा रिले अनसन बस्ने र मागको कुनै सम्बोधन नभए असार २ गते देखि समपुर्ण सामुदायिक विद्यालयहरु बन्द गरी थप आन्दोलन गर्ने उल्लेख गरिएको छ।

कञ्चन र गैडहवाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले विद्यालयका प्रधानाध्यापकहरुलाई तालाचावी बुझाएर जिल्ला शिक्षा विकास समन्वय ईकाईको कार्यलय भैरहवामा शान्तीपुर्ण धर्ना कार्यक्रममा सहभागीता जनाउने नेपाल बिद्यालय कर्मचारी परिषद, कञ्चनका अध्यक्ष कमल भट्टराइले जानकारी दिनुभएको छ।

विद्यालयमा कार्यरत कार्यलय सहायकको तलव नयुनतम खरिदार सरह र कार्यालय सहयोगीको न्युनतम १८ हजार रुपैया तलव हुनु पर्ने परिषदले माग गर्दै आइरहेको छ। विगतमा सरकार र कर्मचारीबिच छलफल र वार्तापछि भएका सम्झौताहरुको यथासक्य कार्यान्वय हुनु पर्नेमा आगामी आ।व। २०८०र०८१ को बजेटमा समेत उल्लेख नभएका कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल विद्यालय कर्मचारी परिषद, कञ्चनका अध्यक्ष कमल भट्टराइले बताउनु भएको छ। आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिका लागि विद्यालय नै बन्द गरेर आन्दोलन गर्नु गलत भएको अभिभावकहरुको भनाइ रहेको छ। विद्यालयमा कर्मचारीको रुपमा प्रबेश गर्दा तलव तथा सेवा सुविधाहरुको बारेमा जे कुरा उल्लेख भएको छ सोही वमोजिम जिम्मेवारी बहन गर्नु पर्ने एक अभिभावकले उल्लेख गरे।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img