spot_img
spot_img
spot_img

कञ्चन गाँउपालिकामा सहकारी सञ्जाल गठन

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा सञ्चालित सहकारीहरुको एक भेलाले कञ्चन गाँउपालिका स्तरिय सहकारी सञ्जाल गठन गरेको छ। जिल्ला सहकारी संघ, रुपन्देहीको उपस्थितिमा भएको भेलाले धरोहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्परराज शर्माको अध्यक्षतामा ९ सदस्यिय सहकारी सञ्जाल गठन गरेको हो। सञ्जालको उपाध्यक्षमा साना किसान कृयिा सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश शर्मा, सचिवमा योजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद पौडेल र कोषाध्यक्षमा मलावरदेवी दुग्ध सहबारी संस्थाका अध्यक्ष शसिधर सापकोटा चयन हुनु भएको छ। यसैगरी सदस्यहरुमा नमस्ते बचात तथा ऋण सहकारी संस्थाका अध्ययक्ष मन बहादुर पुन, फुलसरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिमा कुमारी थापा, दिदि बहिनी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकी, अटल बचत तथा ऋण सहकारी संस्थाका सचिव इन्द्र बहादुर पुन, संघर्षशिल कृषि सहकारी संस्थाका अध्यक्ष भानुभक्त भण्डारी चयन हुनु भएको छ।

कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यता, उपाध्यक्ष मौसमी थापा मगरको बिशिष्ट आतिथ्यतामा समपन्न भेलामा कञ्चनमा सञ्चालित २९ वटा बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो। भेलामा कञ्चन गाउपालिका सहकारी शाखाका गिरीराज अर्याल, लहर सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष राधिका चौधरी, कञ्चन महिला कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे, सहकारी संघा लेखा सुपरिबेक्षण समितिका संयोजक जगन्नाथ गौतम, शिक्षा उपसमितिका संयोजक गंगालाल सापकोटा लगायतले शुभकामना तथा बधाई १ापन गर्नु भएको थियो। जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता, संघका व्यबस्थापक भुपराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा संघका शिक्षा उप समितिका संयोजक गंगालाल सापकोटाले स्वागत गर्नु भएको थियो। कार्यक्रम गाँउपालिकाको सभाहलमा सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img