काठमाण्डौ ।
बाजुराको बिछिया केन्द्रविन्दु भएर आज सोमबार बिहान भूकम्प गएको छ । बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। यसअघि यही जेठ १४ सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम चलिरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??